•  ६ जेष्ठ २०८१, आईतवार
  •  4:25:25 AM

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष पौडेलद्वारा एम्बुलेन्स उपहार

- माघ २१, २०७८ मा प्रकाशित


इटहरीः उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले नेपाल रेडक्रस सोसाइटीलाई दुई ओटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेका छन् ।

अध्यक्ष पौडेलले सोसाइटीको खनार र हाँसपोसा उपशाखालाई एक एक ओटाका दरले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नेपाल सरकारबाट राजश्व छुट सुविधासहित खरिद गरिएका भारतको टाटा कम्पनीद्वारा निर्मित एम्बुलेन्सहरु पौडेलले आफूहरुलाई हस्तान्तरण गरेको नेपाल रेडक्रस सोसाइटी खनार उपशाखा सभापति बालकुमार पोख्रेलले जानकारी दिए ।

उनका अनुसार पीएन ह्वाइट विङ्गर ए एम बी ३५ एसी २.२ बीएस फोर टाइप बी पीटी मोडेलका एम्बुलेन्सहरु प्रतिगोटा १८ रुपैयाँमा खरिद गरी पौडेलले सोसाइटीलाई हस्तान्तरण गरेका हुन् । आफ्नो पूर्वघोषित प्रतिबद्धताअनुसार पौडेलले प्रदान गरेका एम्बुलेन्सहरु सम्बन्धित शाखाले प्राप्त गरिसकेको र यथासिघ्र बिरामीको सेवाका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको सभापति पोख्रेलले जानकारी दिए ।

Comments

सम्बन्धित खवर