•  ६ जेष्ठ २०८१, आईतवार
  •  3:27:58 AM

सुत्केरी भेट कार्यक्रमः सुत्केरीका घरघरमा उपमेयरको उपहार, विपन्नका मुहारमा आशाको सञ्चार

- माघ २१, २०७८ मा प्रकाशित


इटहरीः उपमहानगरपालिकाको उपमेयर सुत्केरी भेट कार्यक्रम अन्र्तगत उपमेयर लक्ष्मी गौतम सुत्केरी भेट्न टोलटोलमा पुगेकी छन् ।

इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर गौतमले पौष्टिक खानासहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट कार्यक्रम हो । कार्यक्रमअन्तर्गत उपमेयर गौतमले इटहरी उपमहानगरपालिका वडा नम्वर ३,६,७,८ र ९ का १० जना सुत्केरीलाई पोषिलो खानेकुराका साथै आमा र बच्चालाई न्यानो कपडासहित भेटघाट गरेकी हुन् ।

दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने परिवारमा कोरोना महामारीले जटिलता थपेको बेला पौष्टिक खानासहित उपमेयर घरमै आइपुग्दा गाँउवासी नै भेला भएर खुसी मनाएका छन् ।उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरूको संख्यासमेत बढेको छ ।

Comments

सम्बन्धित खवर