•  ८ जेष्ठ २०८१, मंगलवार
  •  4:20:15 PM

महाकाली सिँचाइ आयोजनाको शाखा नहर विस्तार गरिँदै

- माघ १९, २०७८ मा प्रकाशित


काठमाडौँ: कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउन लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा शाखा नहर निर्माणको तयारी थालिएको छ । कञ्चनपुरमा २२ वटा शाखा नहर निमार्णको गृहकार्य अघि बढाइएको छ ।

मूल नहर निर्माण सुरु गरेको डेढ दशकपछि साना र ठूला गरी यहाँ झन्डै ५० किलोमिटर लामो शाखा नहर निर्माणका लागि योजना अघि बढाइएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिए । करिब १३ किलोमिटर मूल नहर निर्माण सकिए पनि आयोजनाअन्तर्गत बाँकी १५ किलोमिटर मूल नहर निर्माणाधीन अवस्थामै छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चर शाखा नहर निर्माणको तयारी तीव्र पारेको छ । ‘शाखा नहर निर्माणका लागि योजना बनाउँदै छौँ,’ पण्डितले भने, ‘आगामी फागुनभित्र शाखा नहर निर्माणको ठेक्का आह्वान गर्ने तयारी छ ।’ भारतले महाकाली नदीदेखि नेपाल–भारत सीमासम्म बनाउनुपर्ने नहरका संरचना तयार गरिसकेको छ ।

महाकाली सन्धिअनुसार भारतले नेपालको सीमासम्म यहाँ एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटरलगायतका संरचना बनाउनुपर्ने हुन्छ । सोही अनुसार भारतले नहर निर्माण लगभग अन्तिम चरणमा पु¥याएको इन्जिनियर पण्डितको भनाइ छ । आयोजनाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फ करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ ।

सो नहर भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा पर्छ । शून्य विन्दुदेखि २८ किलोमिटर मूल नहर बनिरहेको क्षेत्रसम्म अहिले शाखा नहरको कामसमेत अघि बढेको छ । ‘निर्माणाधीन १५ किलोमिटर मूल नहरबीचमा जग्गा मुआब्जा र सामुदायिक वनमा रूख कटानका कारण ढिलाइ भएको हो,’ उनले भने ।

त्यसैगरी, सिँचाइले कञ्चनपुरको महाकाली पारी दोधारा चादँनीमा समेत नहर निर्माणका लागि सर्वे थालेके भए पनि स्थानीयको अवरोधपछि केही समय स्थगन भएको छ । ‘स्थानीयले अवरोध गरेपछि दोधारा चादँनीमा सर्वेको काम अहिले रोकिएको छ,’ पण्डितले भने, ‘त्यहाँ महाकालीबाट सिँचाइका लागि ३५० क्युसेक पानी लगिनेछ ।’ हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि दुई अर्ब ३० करोड रुपैयाँको ठेक्का सम्झौता भएअनुसार काम भइरहेको छ । -रासस

Comments

सम्बन्धित खवर