•  ७ जेष्ठ २०८१, सोमबार
  •  4:26:49 AM

प्रेस युनियनद्वारा ३० जना पत्रकारलाई नि:शुल्क फोटो पत्रकारिता प्रशिक्षण प्रदान

- माघ १८, २०७८ मा प्रकाशित


इटहरी: व्यावसायिक पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई फोटो पत्रकारिताको आधारभूत सीप प्रदान गर्ने उद्देश्यले सुनसरीको इटहरीमा एक दिने नि:शुल्क फोटो पत्रकारिता प्रशिक्षणको आयोजना गरिएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले राष्ट्र्रिय फोटो पत्रकार समुह काठमाडौँसँगको सहकार्यमा सुनसरीमा पत्रकारिता गर्दै आएका पत्रकारहरुको फोटो पत्रकारितामा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले बताए ।

राष्ट्रिय फोटो पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्तको प्रमुख आतिथ्य तथा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षता रहेकोे प्रशिक्षण कार्यक्रममा ३० जना विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता छ ।
प्रशिक्षण कार्यक्रममा कस्तो विषयवस्तु समेटेका दृष्य खिच्ने ,कसरी खिच्नेदेखि प्रकाशनमा आइसकेपछि त्यसले पार्ने प्रभाव लगायतका विषयमा राष्ट्र्रिय फोटो पत्रकार समुहका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वन्तले सहजीकरण गरेका थिए । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले फोटो क्याप्सन लगायतका विषयमा सहजीकरण गरेका थिए ।

सुनसरीका पत्रकारहरुका लागि कोरोना कहरका समयमा ,दुर्घटना विमा , खाद्यान्न राहत ,स्वास्थ्य सुरक्षा सामाग्री मास्क
,सेनिटाइजर लगायतका सामाग्री वितरणदेखि संक्रमित बन्न पुगेका पत्रकारहरुाई मोबाइल डाक्टर कार्यक्रम सञ्चालन गरेर संक्रमितको घरघरमा औषधि उपचारको व्यवस्था मिलाउने काम विगतमा गरिएको स्मरण गर्दै नेपाल प्रेस युनियन सुनसरीले पत्रकारहरुको दक्षताका लागि समेत प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार प्रशिक्षण राखिएको सभापति अधिकारीले वताए ।

प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का ,इक्वाल अहमद , प्रदेश सचिव सन्तोष यादव , नेपाल प्रेस युनियन प्रदेश सचिव धनवहादुर पुरी , नेपाल पत्रकार महासंघका उपाध्यक्ष गणेश निरौला , सचिव धु्रव ढकाल बरिष्ठ फोटोग्राफर विसप तामा्रकार लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

Comments

सम्बन्धित खवर