मापसे गरी गाडी चलाएका कमेडी च्याम्पियनका विशाल भण्डारी घाइते सबैकाे उपचार गरिदिने सर्तमा छुटे
- चैत्र ११, २०८० मा प्रकाशित
इटहरी । भक्तपुरको जगातीमा कार दुर्घटनापछि पक्राउ परेका कमेडी च्याम्पियनका सञ्चालक विशाल भण्डारी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार बिहान ३ बजेतिर दुर्घटनामा परेका भण्डारीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
दुर्घटनामा परी घाइते कमेडियन सुशासन्त बस्यालको अवस्था सुधार हुँदै गएपछि उनको सम्पूर्ण उपचार खर्च भण्डारीले व्यहोर्ने कागज गरेर प्रहरीले हिरासतमुक्त गरेको हो । भण्डारीसहित कारमा एक महिला र अन्य पाँच जना पुरुष थिए । उनीहरू सवार कार भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोकिएर दुर्घटना भएको थियो । निर्देशक भण्डारीसहित प्रहरीको नियन्त्रणमा रहेका पुजन अधिकारी पनि प्रहरी नियन्त्रणबाट छुटेका छन् ।
बस्यालको परिवारसँग मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालय, भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । बस्यालको अहिले पनि उपचार जारी छ । उनको भक्तपुरस्थित मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको केसीले जानकारी दिए । प्रहरी अनुसन्धानमा उक्त कार निर्देशक भण्डारीले नै चलाएको खुलेको छ । उनले मापसे गरेको अवस्थामा कार चलाएको खुल्न आएको केसीले जानकारी दिएका छन् ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments