•  २१ बैशाख २०८१, शुक्रबार
  •  12:51:39 AM

सत्ता गठबन्धनको बैठक अचानक स्थगित, टुट्न लागेको हो गठबन्धन ?

- फाल्गुन २१, २०८० मा प्रकाशित


काठमाडौं । सत्ता गठबन्धनको आज (सोमबार) बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो । तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिनसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अविश्वास बढेर गएको छ । जसका कारण सत्ता गठबन्धन संकटमा पर्दै गएको छ ।

यसबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता बाक्लिँदै गएका छन् । पछिल्लो समय नयाँ सत्ता समीकरणको पहल भइरहेको छ । हिजो मात्र प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच नयाँ सत्ता समीकरणका विषयमा तीन घण्टा लामो छलफल भएको थियो ।

Comments

सम्बन्धित खवर