•  २२ बैशाख २०८१, शनिबार
  •  10:41:58 AM

बालकोटमा एमाले सचिवालय बैठक जारी

- फाल्गुन २१, २०८० मा प्रकाशित


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को सचिवालय बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा वैठक बसिरहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । उनका अनुसार बैठक अहिले बिहान ७ बजेदेखि सुरू भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आइतबार अबेर रातिसम्म छलफल भएको थियो । चार दलबीच संक्रमणकालीन न्याय, राष्ट्रिय सभाको अध्यक्षलगायतका विषयमा छलफल भएको बुझिएको छ । त्यही छलफलमा भएको कुराकानी जानकारी गराउन अध्यक्ष ओलीले सचिवालयको बैठक बोलाएको नेताहरूले बताएका छन् ।

Comments

सम्बन्धित खवर