•  २२ बैशाख २०८१, शनिबार
  •  1:36:08 PM

केकीको फिल्म ‘बोक्सीको घर’ को फस्टलुक पोस्टर सार्वजनिक

- फाल्गुन २, २०८० मा प्रकाशित


काठमाडाैं । केकी अधिकारीको निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। वैशाख १४ गते रिलिज हुने फिल्मको आज फस्टलुक पोस्टर रिलिज गरिएको हो।सार्वजनिक पोस्टर नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ। पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मक रुपमा तयार पारिएको छ।

पोस्टरमा कपाल फिजाएर रातो साडी लगाएकी एक महिलालाई ठूलो पिपलको रुखतर्फ फर्किएको देखाइएको छ। अनुहार देखाइएको छैन भने पूर्णिमाको चन्द्रमालाई डिजाइनमा समावेश गरिएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन्। फिल्ममा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।यस फिल्ममा निर्माताका रुपमा केकीका भाइ बद्री अधिकारी रहेका छन्।

शिवराम श्रेष्ठले छायाङ्कन रहेको फिल्मको कार्यकारी निर्माता राज घिमिरे हुन्। केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना छ।

Comments

सम्बन्धित खवर