•  २२ बैशाख २०८१, शनिबार
  •  7:31:40 AM

६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

- कार्तिक १८, २०८० मा प्रकाशित


जाजरकोट । गए राति (शनिबार) गएको भूकम्पमा परी जाजरकोटमा मात्रै हालसम्म ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित खवर