•  ३ जेष्ठ २०८१, बिहीबार
  •  12:48:22 AM

कमल हासनकाे ‘इन्डियन २’ नयाँ वर्षमा रिलिज हुने

- कार्तिक १३, २०८० मा प्रकाशित


मुम्बई । साउथ सुपरस्टार कमल हासन पछिल्लो समय फिल्म ‘इन्डियन २’ को कारण चर्चामा छन् । करिब २५० करोड बजेटमा निर्माण भएको फिल्ममा हासन भ्रष्टाचारको विरुद्ध लड्ने अफिसरको रुपमा देखिँदैछन् । निर्माण युनिटले फिल्म आगामी नयाँ वर्षमा रिलिज गर्ने बताएको छ ।

फिल्मको एक पोष्टर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको इन्ट्रो भने केही समयपछि सार्वजनिक हुनेछ । फिल्म ‘इन्डियन’ को सिक्वेलको रुपमा निर्माण भएको हो । १९९६ मा रिलिज ‘इन्डियन’ हासनको हिट फिल्म हो । फिल्मको निर्देशन शंकरले गरेका थिए । दोस्रो पाटको पनि लेखन निर्देशन शंकरले गरेका छन् ।

फिल्ममा हासनको अपोजित भूमिकामा काजल अग्रवाल देखिनेछिन् । रकुलप्रित सिंह, सिद्धार्थ र बोबी सिम्हाको पनि फिल्ममा मुख्य भूमिका छ । ‘इन्डियन २’ निर्माण घोषणा २०१७ मा भएको थियो । फिल्मका निर्माता एएम रत्नम् हुन् । फिल्मको छायांकन २०१९ जनवरीमा सुरु भएको थियो । फिल्म चेन्नई, भोपाल र ग्वालियरमा छायांकन भएको हो । केही दृश्यको छायांकन जोहान्सबर्ग र ताइवानमा समेत भएको छ ।

२०२० मा यो फिल्म सुटिङ सेटमा एक एक्सिडेटस भएको थियो । जसका कारण टिमका ३ व्यक्तिले ज्यान गुमाएका थिए । वितरक, कोरोना लगायत बिभिन्न कारणले फिल्मको रिलिज रोकिँदै आएको थियो । अब भने निर्माण युनिटले फिल्म नयाँ वर्षको सुरुवातमा रिलिज गर्ने योजना बनाएको छ ।

Comments

सम्बन्धित खवर