•  २२ बैशाख २०८१, शनिबार
  •  12:16:25 PM

पेट्रोलको मूल्य प्रतिलिटर ११ र डिजेलको मूल्य ५ रुपैयाँले घट्यो

- आश्विन २९, २०८० मा प्रकाशित


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।k 5aIsSZIh7a

Comments

सम्बन्धित खवर