•  २२ बैशाख २०८१, शनिबार
  •  6:20:49 AM

१२० किलो गाँजासहित ६ जना पक्राउ

- आश्विन १३, २०८० मा प्रकाशित


सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरापुल नजिकै १२० किलो गाँजासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बराहक्षेत्र जाने सडकबाट हिजो प्रदेश १–०२–०५० प ६३०४ नम्बरको मोटरसाइकल र बीआर ०२ आर ९९९४ नम्बरको जीपमा लैजाँदै गरेको गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतका ३६ वर्षीय महोम्मद सिराज, २० वर्षीय अस्ताजु आलम, १९ वर्षीय नसिम आलम, ५२ वर्षीय ओम प्रकाश रजक, सुनसरीका देवनागञ्ज गाउँपालिका ५ बस्ने ३१ वर्षीय ओम प्रकाश साह र २० वर्षीय शिवम साह रहेका छन् ।
नियन्त्रणमा लिएको गाँजा, जीप, मोटरसाइकल र पक्राउ परेका छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर