•  २१ बैशाख २०८१, शुक्रबार
  •  8:19:35 AM

गुणस्तरीय सेवामा अब्बल इटहरी सामुदायिक अस्पताल : सेवाग्राही भन्छन् ‘गुनासो पोख्ने ठाउनै छैन’

- आश्विन ८, २०८० मा प्रकाशित


इटहरी । सुनसरी कालाबन्जार वाट पहिलो पटक सेवा लिन आएकी लक्ष्मी श्रेष्ठ सामुदायिक अस्पताल इटहरीको खुलेरै चर्चा गर्छिन् । बिमारी हुँदा त्याका नर्स एवम चिकित्सकहरूले गरेको व्यवहार , अस्पतालको सेवा सुविधा , व्यवस्थापन पक्षमा देखिएका सुधारात्मक कार्यहरूको उनी प्रशंसा गर्न थाक्दिनन् । नशा सम्बन्धी रोगले सताएपछि उनी गत जेठ २४ गते सो अस्पताल पुगेकी थिइन । अहिलेउनकाे स्वास्थ्य अवस्था क्रमिक सुधार हुदैगएकाे उनी आफै बताउँछिन् ।

त्यस्तै इटहरी आपगाछीका भुवन नेपाल पनि पछिल्लो समय सामुदायिक अस्पतालले सेवा बिस्तार गरेसङै नजिकका बिमारीहरू उपचारका लागि धरान र विराटनगर जस्ता सहरहरू धाउनु नपरेको सुनाउँछन् ।पहिले टाउको दुख्दा पनि उपचारको लागि धरान स्थित बिपी प्रतिष्ठान पुग्नुपर्ने बाध्यता अब हटेकोमा नेपाल खुसी व्यक्त गर्छन् । अहिले व्यवस्थापन पक्षमा देखिएको सुधारात्मक कार्य सँगै थप सेवा सुविधा विस्तार गरेपछि अस्पतालमा सेवाग्राहीहरूको चाप बढदाे देख्न सकिन्छ । ३ वर्ष अघि मात्रै सेवाग्राहीको खडेरी पर्ने इटहरी सामुदायिक अस्पतालमा अहिले दिनु चाप बढदाे छ ।

४ वर्ष अघि सम्म भाडाको घरमा सञ्चालन हुँदा अस्पतालको अवस्था दैनिक नाजुक रहेको थियो । जब अस्पताल प्रशासनले इटहरीको हलगडामा आफ्नै भवन निर्माण गरी सेवा थप गर्दै व्यवस्थापन पक्षमा जोड दिन थाल्यो त्यसपछि त्यसपछि सेवाग्राहीहरूको भिड बाक्लिँदै जान थाल्यो । अहले इटहरी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने पहिलो नम्बरमा यही सामुदायिक अस्पताल मानिन्छ । निजी क्षेत्रबाट लगानी गरी सेवा बिस्तार गर्ने यो इटहरीको सबैभन्दा पुरानो अस्पतालको रूपमा पनि चिनिन्छ ।

दैनिक ३ सय बढीसेवाग्राहिहरूलाइ सेवा दिँदै आएको अस्पतालमा अहिले २४ सई घण्टा अापतकालिन सेवा देखि विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । पहिलो इमर्जेन्सी सेवा सहितको अस्पतालका रूपमा पहिचान स्थापित गरेको सामुदायिक अस्पतालले पछिल्ला समय सबै रोगहरूको विशेषज्ञ सहितको चिकित्सकहरू राखेर उपचार सेवा दिन थालेको अस्पतालका अध्यक्ष टङ्क दुलाल बताउनुहुन्छ ।

अस्पतालका सञ्चालक हेम गुरुङका अनुसार अस्पतालले नयाँ भवनबाट समेत स्वास्थ्य सेवा दिन सुरु गरेको छ । इटहरी प्रहरी चौकी अगाडीको पुरानो ठाउँमा भने क्लिनिकको रूपमा सेवा दिइने उनले बताए । दैनिक एक सय बढी बिरामीहरूलाई सेवा दिइरहेको सामुदायिक अस्पताल इटहरीकै सर्वसुलभ र भरपर्दो सेवा दिने अस्पतालको रूपमा स्थापित भएको गुरुङको भनाई छ । सुनसरीका साथै विभिन्न जिल्लाहरुबाटसमेत आकस्मिक उपचारको साथै विशेषज्ञ सेवाको लागि बिरामीहरू अस्पतालमा आउने गरेका छन् । यहाँ २४ सई घण्टा मेडिकल अफिसरहरूबाट इमर्जेन्सी सेवा सञ्चालनमा रहेको उनले बताए । ‘नयाँ भवनबाट सेवा सुरु गरेपछि अझ धेरै बिरामीहरूले अझ स्तरीय सेवा पाउनेछन्,’ उनले भने ।अहिले उक्त अस्पतालमा २५ बेड रहेका छन् भविष्यमा ५० हुँदै १ सय बेड सम्म पुर्‍याउने लक्ष्य रहेको अस्पताल प्रशासनको भनाइ छ ।

अस्पतालले थप गरेको सेवाहरू

सामुदायिक अस्पतालले इटहरीका बिरामीलाई आपतकालिन उपचारमा टाढा जानु नपरोस् भन्ने हेतुले हाड जोर्नी, नशा र प्रसूति सेवाका लागि विशेषज्ञ सहितको सेवा थप गरेको छ ।अस्पतालले काठमाण्डौको वीर अस्पताल, ललितपुरको पाटन अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरिसकेका डाक्टरहरूबाट सेवा सञ्चालन गरिरहेको अस्पतालमा स्वास्थ्य जाँच, भिडियो र डिजिटल एक्स-रे, दन्त सेवा, प्लास्टर सेवा, निःशुल्क सुरक्षित मातृत्व सेवा, निःशुल्क क्षयरोग सेवा, विभिन्न डाक्टरहरूको विशेषज्ञ सेवासमेत दिइरहेको छ । उनका अनुसार डा. सुनिल शाहले दैनिक फिजिसियन सेवा सञ्चालन गरिरहेका छन् । यस्तै स्त्री रोग विशेषज्ञ डा. सोमा गौतम, नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा. राजेन्द्र राई, हाड जोर्नी तथा बाथ रोग विशेषज्ञ डा. कुमार गुरुङ र शम्भु शाहले स्वास्थ्य जाँच गर्ने गरेका छन् । आफ्नै भवनमा अझ थप सेवाहरू विस्तार गर्दै लगिने अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल २४सई घण्टा जनरल तथा आकस्मिक मेडिसिनका सम्पूर्ण रोग सम्बन्धी सेवा डा.डिल्लीराज रिजाल तथा डा.बुद्धिबहादुर गुरुङबाट हाड जोर्नी तथा नशा रोग सम्बन्धी २४ घण्टे सेवा ,बालभोग सम्बन्धी दैनिक तथा आकस्मिक सेवा , रेडियोलोजी सेवा, मानसिक रोग सम्बन्धी आकस्मिक तथा परामर्श सेवा आँखा रोग , सौन्दर्य ,छाला ,यौन रोग सम्बन्धी सेवाहरू सञ्चालनमा रहेको अस्पतालले बताएको छ । विगत २२ वर्षदेखि इटहरीमा स्वास्थ्य सेवा दिइरहेको सामुदायिक अस्पताल सहकारीबाट सञ्चालन भई स्वास्थ्य सेवा दिइरहेको संस्था हो ।
a

Comments

सम्बन्धित खवर