•  ८ जेष्ठ २०८१, मंगलवार
  •  11:13:25 AM

बीपी प्रतिष्ठानको बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

- भाद्र २३, २०८० मा प्रकाशित


इटहरी । सुनसरीको धरान–१३ जिरोप्वाइन्टमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडीले आफ्नै कर्मचारी सवार स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बीपी जयन्तीको अवसरमा आयोजित दौड प्रतियोगितामा भाग लिन पुगेकी प्रतिष्ठानमा कार्यरत कर्मचारी अम्बिका माखिम र उनका पति प्रभुदयाल चौधरी सवार स्कुटरलाई प्रतिष्ठानकै बसले ठक्कर दिँदा अम्बिकाको मृत्यु भएको हो । उनका पति चौधरी घाइते भएका छन् ।

प्रतिष्ठानको को १ क ११५९ नम्बरको बस ब्रेक फेल भइ प्रदेश १ ०–०२–०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएको बस विद्युतको पोलमा ठोक्किएर रोकिएको छ । स्कुटीमा सवार अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका चिकित्सक उपेन्द्र यादवले जानकारी दिए । आज प्रतिष्ठानको ३०औं स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ ।

Comments

सम्बन्धित खवर