•  २१ बैशाख २०८१, शुक्रबार
  •  12:34:46 AM

सुन्दरहरैचाका लेखा अधिकृत शेखर ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा

- श्रावण २२, २०८० मा प्रकाशित


इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध दुई लाख रुपैयाँ बिगो दाबी गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

ढकालले नगरपालिका र वडा कार्यालयमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिएका थिए । ढकाल नगरपालिका तथा वडा कार्यालयमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग दुई लाख घुस लिदै गर्दा कार्यकक्षबाट असार २२ गते पक्राउ परेका थिए ।

Comments

सम्बन्धित खवर