•  ७ जेष्ठ २०८१, सोमबार
  •  12:54:37 PM

सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

- असार १८, २०८० मा प्रकाशित


काठमाडौं । एसीसी यू–१६ मेन्स इस्ट जोन कपमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१.३ ओभरमा ८७ रनमै समेटिएको हो ।

सिंगापुरका लागि रोशन रविशचन्द्रनले २४, प्रनव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् । नेपालका लागि कृतिक कामतले तीन विकेट लिए । उनले २.३ ओभरमा एक मेडियन राख्दै नौ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै, अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले एक–एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको नेपालले ३५ ओभरमा नौ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालका लागि सुर्यान्शु कोइरालाले ४३, निरजकुमार यादवले ४२, अभिषेक तिवारीले २५ र सन्तोष यादवले १८ रन बनाए । अब फाइनलमा नेपालले मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मंगलबार बिहान हुनेछ ।

Comments

सम्बन्धित खवर