•  ७ जेष्ठ २०८१, सोमबार
  •  12:13:53 PM

सुपर सिक्समा पुग्न नेदरल्याण्डविरुद्ध खेल्दै नेपाल : साेमपाल नखेल्ने , नेपाललाई जित्नैपर्ने दबाब

- असार ९, २०८० मा प्रकाशित


काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा आज नेपालले नेदरल्याण्डको सामना गर्दै छ । जिम्बाब्वे जारी खेलमा सुपर सिक्समा पुग्न नेदरल्याण्डसँग १२ः४५ मा नेपाल खेल्दै छ । तर, नेपालका लागि भरपर्दो स्पिनर सोम्पाल कामी भने आज पनि नखेल्ने पक्का भएका छन् ।

सुपर सिक्समा पुग्न नेपालका लागि जित्नै पर्ने खेलमा सोम्पालको अनुपस्थितिमा नेपाललाई जित निकाल्न सहज हुने देखिँदैन । नेपालका स्पिनरहरू अपेक्षा अनुसार नचलेपछि जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्धको खेलमा विकेट लिन चुक्दा ठूलो लक्ष्य प्राप्त गरेको थियो । सोम्पाल नेपालका लागि भरपर्दो स्पिनर भएकाले आवस्यक समयमा उनले विकेट लिने गरेका छन् । नेपालले सेम्पालको स्थानमा ललित राजवंशीलाई खेलाइरहेका छन् ।

सोम्पाल गत आइतबार जिम्बाब्वेसँग खेलको क्रममा घाइते भएका थिए । जिम्बावेविरुद्ध ३४ औं ओभरको तेस्रो बलमा जिम्बाब्वे ब्याटर सन् विलियम्सले प्रहार गरेको सट रोक्ने क्रममा उनको दायाँ हातको बुढी औंलामा चोट लाग्न पुगेको थियो । उनको बुढी औंलाको साइटमा काटिएकाले दुई वटा टाँका लगाईएको छ ।

उनलाई चिकित्सकले एक हप्ता विश्राम गर्न भनेका छन् । उनले आगमी आइतबारपछि टाँका खोल्ने सम्भावना छ । त्यसैले सोमपालले नेदरल्यान्ड्सविरुद्धको खेल पनि खेल्न सक्ने भएका हुन् । सोमपालले अमेरिका र वेस्ट इन्डिजसँगको खेल गुमाएका थिए । आज नेपालले नेदरल्याण्डलाई हराउन सके टप सिक्समा खेल्न उनी फिट हुने छ ।

नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो । भने अमेरिकालाई ६ विकेटले हराएको थियो । उता नेदरल्यान्ड्स जिम्बाब्वेसँग ६ विकेटले पराजित हुँदा अमेरिकालाई ५ विकेटले हराएको थियो ।

Comments

सम्बन्धित खवर