•  २२ बैशाख २०८१, शनिबार
  •  8:35:45 AM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो

- जेष्ठ २८, २०८० मा प्रकाशित


काठमाडौँ । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।

केन्द्रीय प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको जानकारी दिए । लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो  ।

प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ ।  निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।

Comments

सम्बन्धित खवर