•  ३ जेष्ठ २०८१, बिहीबार
  •  1:22:40 AM

कार्यसम्पादनमा कोशी प्रदेश अब्बल र उत्कृस्ट

- जेष्ठ १७, २०८० मा प्रकाशित


इटहरी । कोशी प्रदेश कार्यसम्पादनमा आधारित अनुदानमा सबैभन्दा धेरै रकम पाउने प्रदेश बनेको छ । संघीय सरकार अर्थमन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणको सारांशमा कार्यसम्पादनमा कोशी प्रदेश उत्कृष्ट देखिएको हो ।

कोशी प्रदेशले उक्त शीर्षकमा ४७ करोड ९८ लाख रुपैयाँ अनुदान पाउने भएको छ । दोस्रो स्थानमा रहेको गण्डकी प्रदेशले ४२ करोड ३९ लाख, तेस्रो स्थानमा रहेको बाग्मती प्रदेशले ३५ करोड १९ लाख, चौथो स्थानमा रहेको लुम्बिनी प्रदेशले ३३ करोड ५५ लाख, पाँचौं स्थानमा रहेको कर्णाली प्रदेशले ३० करोड १३ लाख, छैटौं स्थानमा रहेको सुदूरपश्चिमले २५ करोड ४१ लाख र अन्तिम स्थानमा रहेको मधेश प्रदेशले २० करोड २ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

प्रदेशले पाउने सबै शीर्षकको अनुदानको १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँमध्ये सबैभन्दा बढी कर्णाली प्रदेशले १६ अर्ब २७ करोड ३९ लाख पाउने भएको छ । दोस्रो स्थानमा रहेको कोशी प्रदेशले १६ अर्ब ११ करोड ७० लाख, तेस्रोमा बाग्मती प्रदेशले १५ अर्ब ८१ करोड २३ लाख, चौथोमा लुम्बिनी प्रदेशले १५ अर्ब ३८ करोड ४२ लाख, पाँचौंमा सुदूरपश्चिम प्रदेशले १४ अर्ब ४२ करोड १९ लाख, छैटौंमा गण्डकी प्रदेशले १३ अर्ब ६० करोड ४० लाख र सबैभन्दा कम मधेश प्रदेशले १३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।

Comments

सम्बन्धित खवर