•  ७ जेष्ठ २०८१, सोमबार
  •  2:04:15 PM

चैत्र ४ देखि १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गाेल्डकप : बिजेतालाई रू १० लाख , उपबिजेतालाई ५ लाख

- फाल्गुन २६, २०७९ मा प्रकाशित


इटहरी । सुनसरीको इटहरीस्थित राष्ट्रिय जागृती क्लबको आयोजनामा आगामी चैत्र ४ गते देखि  १३ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगीता हुने भएको छ । प्रत्येक वर्ष आयोजना हुदै आएको गोल्डकप यो वर्ष केहि फरक हुने आयोजक राष्ट्रिय जागृती क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हाे ।

   यो वर्ष आयोजना गर्ने अन्तरास्ट्रिय आमन्त्रण इटहरी गोल्डकपलाइ कन्ट्रोल लुबृकेटले प्रायोजन गरेको छ ।खेलमा बिभिन्न मुलुकहरू सहित ८ वटा टिमले भाग लिने जनाइएको छ । चैत ४ गतेदेखि ११ गतेसम्म चल्ने गोल्डकपमा मछिन्द्र क्लब काठमाडौं, एभिनिएर फुटबल क्लब क्यामरुन, चर्छ ब्वाइज क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, रोलिङ्ग क्लब झापा, सगरमाथा युथ क्लब मोरङ, कन्चनजङ्गा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगितामा भाग लिइने पत्रकार सम्मेलनमा जनाइएको छ ।

खेलमा बिजेता हुने टिमले  नगद १० लाख ट्रफि , मेडल ,प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता टिमले नगद ५ लाखसहित मेडल,ट्रफी,र प्रमाणपत्र प्राप्त गर्नछन । त्यस्तै उत्कृस्ट खेल प्रदर्शन गर्ने म्यान अफदि म्याच खेलाडीलाइ रू १०हजार नगद प्रदान गरिने जनाइएको छ । इटहरीको रंगशालामा आयोजना हुने गोल्डकपको कुल खर्च ७० लाख ५० हजार रहने आयोजक तथा खेल संयोजक अनुरोध थापाले बताएका छन । पत्रकार सम्मेलन क्लबका अध्यक्ष सन्त बहादुर डुम्जनको सभापतित्वमा सम्पन्न भएको थियो ।

Comments

सम्बन्धित खवर