•  ७ जेष्ठ २०८१, सोमबार
  •  3:55:29 PM

इटहरीमा चैत्र १ गते चाैथाे ह्विलचीयर रन प्रतीयाेगिता हुने

- फाल्गुन १९, २०७९ मा प्रकाशित


इटहरी ।सुनसरीको इटहरीमा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले आगामी चैत्र १ गते चौथो ह्विल चीयर रन प्रतियोगिता गर्ने भएको छ । इटहरीमा शुक्रबार बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी गराइएको हो ।

अपांगता भएका ब्याक्तिहरूको आत्मबल बढाउन तथा क्षमता अभिबृद्धि संगै सचेतना मुलक र्याली सहित ह्विल चीयर रन गरिने भएको हो । १५ औ अन्तराष्ट्रिय ह्विलचीयर दिवशकै अवसर पारेर अपांगता भएका ब्याक्तिहरूबिच ह्विलचीयर रन आयोजना गर्न लागिएको स्पाइनल इञ्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेले बताए ।

उक्त प्रतियोगितामा कोशी प्रदेशका १०० जनाबढीको सहभागीता रहने र प्रथम हुनेलाइ रू १५००० (पन्ध्र हजार) दोश्रो रू १० हजार र तेश्रोलाइ रू ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीता इटहरीको धरान रोडस्थित गोरखा डिपार्टमेन्ट स्टोर अगाडीबाट शुरू भइ नेपाली सेनाको पेट्रोल पम्प पुगेर पुन शुरू भएकै स्थानमा आएर सकिने बताइएको छ ।

दौड पछि इटहरीको सेन्ट्रल प्लाजा अघाडी औपचारीक कार्यक्रम शुरू हुने र कार्यक्रममा कोशी प्रदेशमा रहेका बिभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरू सहित १ हजार बढीको सहभागीता रहने जनाइएको छ । 

Comments

सम्बन्धित खवर