•  ७ जेष्ठ २०८१, सोमबार
  •  5:20:28 PM

युएईविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता, करणले लिए विकेट

- फाल्गुन १८, २०७९ मा प्रकाशित


काठमाडौं । युएईविरुद्ध नेपाललाई पहिलो ओभरमै पहिलो सफलता मिलेको छ । आइसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको महत्वपूर्ण खेलमा आज नेपालले युएईको सामना गरिरहेको छ ।

नेपालका करण केसीले युएईका मोहमद वासिमलाई पहिलो आभरमै आउट गरेर नेपाललाई पहिलो सफलता दिलाएका छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपालले लगातार पछिल्लो छैटौँ म्याचमा टस जितेको र फिल्डिङ रोजेको हो ।

यसअघिका पाँच वटै म्याचमा नेपालले लक्ष्य पछ्याएर जित हासिल गरेको छ । आजको खेल पनि जितेर नेपाल जितको डबल ह्याट्रिक बनाउने लक्ष्यमा छ । सात राष्ट्र सम्मिलित आइसिसी विश्वकप लिग– २ मा दुवैले अहिलेसम्म २९–२९ खेल खेलेका छन् । युएई २९ र नेपालको २८ अंकसहित पाँचौँ र छैटौँ स्थानमा छन् ।

नेपाल सन् २०१९ देखि सुरु भएको विश्वकप लिग– २ को शीर्ष तीनमा रहेर आगामी भारतमा हुने विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने लक्ष्यमा छ । यो अंक तालिकाको शीर्ष पाँचभित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिने भएकाले कम्तीमा नेपालको त्यो लक्ष्य पनि छ ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोलीले सोही प्रदर्शनलाई निरन्तरता दिने प्रयासमा छ । नेपालले जारी शृंखलामा पहिलो म्याचमा पपुवा न्युगिनीलाई पराजित गरिसकेको छ ।#आइसिसी विश्वकप लिग– २

Comments

सम्बन्धित खवर