उत्तर–दक्षिण करिडोरका दुई दर्जन पुल सुरु हुनै बाँकी
- फाल्गुन १६, २०७९ मा प्रकाशित
काठमाडौँ । उत्तर–दक्षिण करिडोर अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइए पनि यहाँका धेरै पुलको निर्माण सुरु हुनै बाँकी छ । कालीगण्डकी करिडोरमा १५, कोसी करिडोरमा चार र कर्णाली करिडोरमा पाँच पुल निर्माणमा जान बाँकी रहेको हो ।
कोसी करिडोरमा दुई पुल सम्पन्न भइसकेको र दुई निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । बरुण नदीमा ७० मिटर लम्बाइको पुल निर्माणाधीन रहेको छ । त्योभन्दा माथि चार पुलको डिजाइन भइसकेको उत्तर–दक्षिण करिडोर आयोजनाका प्रमुख श्यामबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘अझै पनि चार पुल ठेक्कामा जान बाँकी रहेको छ ।’
कालीगण्डकी करिडोरमा हालसम्म पाँच पुल सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । जम्मा १२ पुल निर्माणाधीन भए पनि तीमध्ये धेरै सम्पन्न हुने चरणमा रहेको प्रमुख खड्काले जानकारी दिए । निर्माणाधीन पुल ६०-७० मिटर लम्बाइसम्मका रहेको उनले बताए । चालू आवमा दुई पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको उनले जानकारी दिए । १४ पुल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच सकियो भने अरूमा काम भइरहेको छ । उनले भने, ‘समग्रमा १५ पुल ठेक्का लगाउन बाँकी रहेको छ ।’
प्रगतिका हिसाबले सबैभन्दा पछि रहेको कर्णाली करिडोरमा जम्मा पुलसँगै विभिन्न कल्भर्ट पनि निर्माण गर्नुपर्नेछ । सानासाना खोल्सामा कल्भर्ट बनाउनुपर्ने रहेको आयोजना प्रमुख खड्काले बताए । उनले भने, ‘कतै ठेक्का लगाएर निर्माणाधीन छन् भने थप कल्भर्टका लागि ठेक्का आह्वान गरिएको छ ।’
कर्णाली करिडोरमा जम्मा १४ पुल रहेकामा नौ असार मसान्तमा ठेक्का लागेको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए । गत आव र त्योभन्दा पहिले निर्माण सुरु भएका पाँचवटा पुल निर्माणाधीन रहेका छन् । उनले भने, ‘अझै चार–पाँचवटा डिजाइनमा जान बाँकी छ र सर्बे डिजाइन भइरहेको छ ।’
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments