•  २१ बैशाख २०८१, शुक्रबार
  •  5:29:37 PM

विद्युत् प्राधिकरणले ल्यायो ‘एनईए एप’, घरबाट लिन सकिन्छ यी सेवा

- फाल्गुन १६, २०७९ मा प्रकाशित


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्न मोबाइल एप सञ्चालनमा ल्याएको छ । मिटर रिडिङ, बिलिङ, महसुल भुक्तानी, चार्जिङ स्टेसनहरूको जानकारी तथा विद्युत् आपूर्ति सम्बन्धी विविध सूचना तथा जानकारीका लागि प्राधिकरणले मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

गुनासो व्यवस्थापन समेत गर्न सकिने गरी मोबाइल एप एनईए सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । मोबाइलको प्ले स्टोरमा गएर एनईए अफिसियल एप डाउनलोड गरेर आफ्नो ग्राहक विवरणहरू रजिस्टर गर्न प्राधिकरणले आग्रह गरेको छ ।

Comments

सम्बन्धित खवर