इटहरीमा प्रतिवन्धित लागू औषध सहित झापाका मदन पक्राउ
- फाल्गुन १६, २०७९ मा प्रकाशित
इटहरी । इटहरी प्रहरीले प्रतिवन्धित लागू औषध सहित एकजनालाइ नियन्त्रणमा लिएकाे छ । इटहरी उपमहानगर ४ स्थित भित्री गल्लीमा प्रतिवन्धित लागू औषध सहित झापा दमक न.पा.वडा नं. १ बस्ने मदन लिम्बुलाइ प्रहरीले पक्राउ गरेकाे हाे । भित्री गल्लीमा लागू औषध बेच बिखन भइरहेकाे सुचना पाएपछि तत्काल घटनास्थल पुगेकाे प्रहरीले शंकासपद ब्याक्ती देखेपछि खाेजतलाश शुरू गरेकाे थियाे ।
बाटाेमा शंकासपद अवस्थामा भेटिएका मदनकाे जिउ खान तलाश गर्दा कालाे रंगकाे प्लास्टिक झाेलाभित्र LUPIGESIC ४६ एम्पुल ,DIAZEPAM ९६ एम्पुल र PHENERGAN ४६ एम्पुल समेत बरामद गरेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । पक्राउ परेका मदन बिरूद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट ७ दिनकाे म्याद लिएर थप अनुशन्धान भइरहेकाे इटहरी प्रहरीले जनाएकाे छ ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments