•  २१ बैशाख २०८१, शुक्रबार
  •  4:12:27 PM

राष्ट्रपति निर्वाचन अघि नै कांग्रेस सरकारमा सहभागी हुने

- फाल्गुन १५, २०७९ मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनअघि नै सरकारमा जाने भएको छ । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै नयाँ राजनीतिक अवस्था उत्पन्न भएको हाे । अब सरकारमा नेकपा माओवादी केन्द्र र नेपाल जनमत पार्टी मात्रै छन् ।

सरकारमा सहभागीताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छलफलपछि निर्णयमा पुग्ने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आठ दलको बैठकबाट यसबारे निर्णय हुने जानकारी दिए ।

आठ दलको संयुक्त बैठक कहिले बस्ने भन्नेबारे अझै तय भएको छैन । आठ दलको बैठकले आइतबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेको छ । 

कार्यदलले राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन अभियान थाल्ने बताइएको छ ।नयाँ गठबन्धनमा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजबादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् ।

Comments

सम्बन्धित खवर