बिर्तामोड महोत्सवको समय अवधि तीन दिन थपियो
- फाल्गुन १५, २०७९ मा प्रकाशित
झापा । झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम अवधि तीन दिन थप गरिएको छ ।उपभोक्ता र अबलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले बताउनुभयो ।
गतफागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा सुप्रशिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य,प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिवकुशल खतिवडाले जानकारी दिनुभयो ।आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना रिमाल, १७गते दिपक बज्रचार्य तथा १८ गते प्रमोद खरेल र गिरिस खतिवडाको प्रस्तुति रहने छ ।
महोत्सवको समय अवधि थपका लागि जिल्ला प्रशासन कार्यालय झापा र बिर्तामोड नगरपालिकासंग समन्वय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो ।
सम्बन्धित खवर
-
ताजा बैशाख २१, २०८१Ставка Без Риска На Супер-бой Усик Фьюри От 1xbet! Ставки На Спор
-
ताजा बैशाख १९, २०८१Ставки в Спорт: Лучшие Коэффициенты На Сегодня, сделать Онлайн Ставк
-
ताजा बैशाख १९, २०८१श्रीमती रञ्जितासँगको सहमति भङ्ग भएपछि रेशम ‘फायर’, २० मिनेटमा सात स्टाटस
-
ताजा बैशाख १९, २०८१एक करोड १७ लाख विगो माग भएको जलहरी घोटाला प्रकरण : थापा, ढकाल र श्रेष्ठलाई सफाइ
-
ताजा बैशाख १९, २०८१आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर सार्वजनिक बिदा
Comments