•  ९ जेष्ठ २०८१, बुधबार
  •  7:10:44 AM

झापा र माेरङबाट लागूऔषध सहित सात जना पक्राउ

- माघ १६, २०७९ मा प्रकाशित


इटहरी । झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र डाईलक्स डिसीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो कांकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट स्थानीय ३० बर्षीय प्रलाद कार्कीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

झापाकै दमक नगरपालिका–१ को कुमाल चोकमा रहेको एक होटलमा ब्राउनसुगरको बिक्रीबितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका–४ का ३२ बर्षीय बीरबहादुर लिम्बू, दमक(३ की २४ बर्षीया प्रेम कुमारी तामाङ, १९ बर्षीया दिक्षा योगी र फाकफोकथुम गाउँपालिका–३ घर भई दमक(९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ९ ग्राम ब्राउसुगर र ४ थान मोवाइल बरामद गरेको छ । उता लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ बाट धरान–१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका–७ खोटाङका ४७ बर्षीय सुचिन राईलाई २० बोतल लागूऔषध डाईलक्स डिसी सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Comments

सम्बन्धित खवर