पिताले पेट्रोल छर्केर आगो लगाउँदा २ वर्षिय बालकको मृत्यु
- माघ १६, २०७९ मा प्रकाशित
बाँके । बाँकेमा आफनै पिताले पेट्रोल छर्केर आगो लगाउँदा दुई वर्षिय बालकको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–२ शक्तिनगरका ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर यो घट्ना घटाएका हुन।जलेर गम्भीर घाइते भएका दुई वर्षीय प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको हो।
भानुभक्तले श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी रामप्रसाद घर्तीमगरले भानुभक्तलाई भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर ल्याईएको बताए ।
भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्ने गरेको पाईएको छ। आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन् । साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएको जनाईएको छ। प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments