धनुषामा हिरासतको पर्खाल तोडेर ६ जना थुनुवा भागे
- माघ १६, २०७९ मा प्रकाशित
धनुषा । धनुषामा प्रहरीको हिरासतको पर्खाल तोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा पर्खाल तोडेर फरार भएका हुन् ।
विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका उनीहरू थुनुवा घरको पर्खाल तोडेर फरार भएको मधेश प्रदेश प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार धुनुवाको खोजी कार्य भइरहेको छ ।
लागूऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका धनुषा क्षिरेश्वरनाथ नगरपालिका– ५ का बिनोदकुमार शर्मा, राष्ट्र सेवक कर्मचारीको काममा बाधा अवरोध गरेको मुद्दामा क्षिरेश्वरनाथ नगरपालिका–२ का अमित मण्डल र सोही मुद्दामा प्रहरी हिरासतमा रहेका रोशन यादव फरार भएका हुन् ।
त्यस्तै अभद्र व्यवहार मुद्दामा थुनामा रहेको मिथिला नगरपालिका–२ हरिदिप सिंह, हातहतियार तथा खरखाजाना मुद्दामा मिथिला नगरपालिका–६ रोशन महतो र सोही मुद्दाका थुनुवा शंकर सिंह फरार भएका छन् ।
सम्बन्धित खवर
-
ताजा जेष्ठ ६, २०८११०२ वर्षमा आँखाको ज्योति फर्किएपछि…
-
ताजा जेष्ठ ६, २०८१हावाहुरीले उदयपुरमा करोडौँको क्षति
-
ताजा बैशाख ३१, २०८१सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो व्यक्तिको मृत्यु
-
ताजा बैशाख ३१, २०८१छात्रामाथि बलात्कार गर्ने मौलवी पक्राउ
-
ताजा बैशाख ३१, २०८१खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु
Comments