•  २१ बैशाख २०८१, शुक्रबार
  •  5:01:41 AM

आजबाट बेलबारीमा बेलबारी गाेल्डक

- कार्तिक १५, २०७९ मा प्रकाशित


इटहरी । मोरङको बेलबारीमा पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयको मैदानमा दिउँसो ३ बजे प्रतियोगिताको उद्घाटन हुने छ ।

डाँगीहाट युथ क्लबले आयोजना गरेको गोल्डकपको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गर्ने छन् । उद्घाटन खेलमा पेम्बा युथ क्लब विराटनगर र रोलिङ एफ सी झापाबीच प्रतिस्पर्धा हुनेछ ।
 
 गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिमको सहभागिता छ । झापा र विराटनगरसहित प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ एवं क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी छन् । 

प्रतियोगिताको चौथो संस्करणको उपाधि भने सशस्त्र प्रहरी बलले जितेको थियो । प्रतियोगिता संयोजक विक्रम वान्तवा राईका अनुसार प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने छन् । 

Comments

सम्बन्धित खवर