•  ८ जेष्ठ २०८१, मंगलवार
  •  12:23:02 PM

३ वर्ष पछि इटहरीमा बिशाल रथ यात्रा : १० हजार भन्दा बढीकाे सहभागीता 

- भाद्र ४, २०७९ मा प्रकाशित


इटहरी । काेराेना संक्रमणकाे कारण बिगत ३ वर्षदेखि राेकिएकाे श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट निकालिने रथ यात्रा याे वर्ष इटहरीमा भब्यताकासाथ सम्पन्न गरिएकाे छ । इटहरीकाे बिराटनगर राेडस्थित राधाकृष्ण मन्दिर प्राङगणबाट निकालिएकाे बिशाल रथ यात्रा उपमहानगरका मुख्य क्षेत्रहरूमा परिक्रमा गराइएकाे थियाे ।

इटहरीमा रहेका एक दर्जन बढी सामाजिक संघसंस्थाहरूकाे सकृियतामा याे वर्ष बिशाल रथ यात्रा सम्पन्न गरिएकाे हाे । यात्रामा उपमहानगर क्षेत्रबाट हजाराै भक्तजनहरूकाे उपस्थिती रहेकाे थियाे ।यसै क्रममा यात्रामा सहभागिहरूकाे तिर्खा मेटाउन राष्ट्रिय स्वतन्त्र पार्टी इटहरीले निशुल्क पानी बितरण गरेकाे थियाे । 

Comments

सम्बन्धित खवर