•  ८ जेष्ठ २०८१, मंगलवार
  •  1:08:48 PM

इटहरीका नेता देखि ब्यापारी सम्मकाे फेशबुक ह्याक गरी पैसा माग्ने गिराेह पक्राउ : ह्याकर सम्म कसरी पुग्याे प्रहरी ?

- भाद्र ४, २०७९ मा प्रकाशित


इटहरी । सामाजिक सञ्जाल फेसबुक ‘ह्याक’ गरी ठगी धन्दा गरेको आरोपमा सुनसरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापाक भद्रपुर नगरपालिका-६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रवीण राजवंशी र भवेश राजवंशी रहेका छन् ।

अरुको फेसबुक ‘ह्याक’ गरेर नक्कली ई-सेवा आईडी प्रयोग गर्दै सर्वसाधारणमाथि ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिएका छन् । लुकिछिपी बसेको अवस्थामा झापाको भद्रपुरबाट गत बुधबार पक्राउ गरी तीनै जनाविरुद्ध ठगी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी राईले बताएका छन् ।

उनका अनुसार पक्राउ परेको गिरोहले सुरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ का डिल्लीबहादुर राउतको फेसबुक अकाउण्ट ‘ह्याक’ गरेको थियो । आफ्नो फेसबुक ‘ह्याक’ भएको भनेर राउतले सुनसरी प्रहरीमा गत जेठ १२ गते निवेदन दिए । ‘ह्याक’ गरेको गिरोहले आफू समस्यामा परेको भनेर फेसबुकमा जोडिएका साथीहरुलाई म्यासेन्जरमार्फत म्यासेज पठाउँदै नक्कली ई-सेवा आईडी खडा गरी रकम पठाउन लगाएर ठगी गरिरहेको उजुरी राउतले दिएका थिए ।

इटहरीबाट मात्रै १ दर्जन बढी नेता तथा ब्यवसायीहरकाे फेशबुक ह्याक भएकाे सम्बन्धी उजुरी इलाका प्रहरी कार्यालय इटहरी हुदै जिल्ला प्रहरी कार्यालय सुनसरी सम्म पुगेकाे थियाे । 

उजुरीको अनुसन्धान अघि बढाएको प्रहरी अन्ततः फेसबुक ‘ह्याक’ गर्ने गिरोहसम्म पुग्न सफल भएको हो । सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार गिरोहले नयाँ ‘सफ्टवेयर’ बनाउँदै ‘ब्युटी कन्टेस्ट’ मा भोट दिनुहोस् भनेर विभिन्न व्यक्तिलाई झुक्याउँदै म्यासेज पठाएर उनीहरुका फेसबुक ‘ह्याक’ गर्ने र पासवर्ड चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पासवर्ड चोरी गरिसकेपछि म्यासेन्जरमार्फत नजिकका साथीहरुलाई आफू बिरामी परेकाले उपचारका लागि रकम पठाइदिनु भन्दै नक्कली म्यासेज पठाएर ठगी गर्ने गरेको उनको भनाइ छ । पक्राउ परेका गिराेहले इटहरी क्षेत्रका आधा दर्जन बढी ब्यवसायिहरूकाे फेशबुक ह्याक गरी पैसा मागेकाे प्रहरीकाे भनाइ छ । 

एसपी ढकालले भने, ‘हालसम्मको अनुसन्धानबाट सर्वसाधारणका २५ वटाभन्दा बढी फेसबुक आईडी ‘ह्याक’ गरेको खुलेको छ ।’ उनका अनुसार अरुको फेसबुक ‘ह्याक’ गरेर हालसम्म दुई लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेको पाइयो ।पक्राउ परेकाहरु ‘कम्प्युटर साइन्स’ का विद्यार्थी समेत रहेको खुलेको छ । उनीहरुले ‘सफ्टवेयर डेभ्लप’ गरेर धेरै सर्वसाधारणलाई ठगी गरेको हुनसक्ने ढकालको भनाइ छ ।

Comments

सम्बन्धित खवर