•  ८ जेष्ठ २०८१, मंगलवार
  •  8:32:17 AM

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

- भाद्र ४, २०७९ मा प्रकाशित


काठमाडौँ । पश्चिम नेपालमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ । बाँके केन्द्रविन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।

Comments

सम्बन्धित खवर