•  ८ जेष्ठ २०८१, मंगलवार
  •  12:13:32 PM

धनुटामा रुखले किचेर एकजनाको मृत्यु

- भाद्र ४, २०७९ मा प्रकाशित


विराटनगर । धनुटाको छथर जोरपाटी गाउँपालिका ६ राईटोलमा रुखले किचेर एकजना युवकको मृत्यु भएको छ।छथर जोरपाटी गाउँपालिका ५ का २८ वर्षिया मनकुमार राईको रुखले किचेर मृत्यु भएको हो।रुखलाई डोरीले तानेर अर्कोपट्टि ढाल्न छाड्दा खोज्दा आफैँतिर आएर लाग्दा राईको घटनास्थलमै मृत्यु भएको हो।

वडाध्यक्ष डिकबहादुर लिम्बुका अनुसार स्थानीय भिम आचार्यको बारीमा उतिसको रुख काट्ने क्रममा घटना भएको जानकारी दिए।प्रहरीले सर्जिमिन मुजुल्का गरेर शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा लगेको धनकुटाका प्रहरी प्रवत्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।

Comments

सम्बन्धित खवर