•  ८ जेष्ठ २०८१, मंगलवार
  •  8:53:14 AM

धरानका मेयर हर्क साम्पाङ् अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

- श्रावण ३१, २०७९ मा प्रकाशित


इटहरी । एन एण्ड जे इन्टरटेनमेन्ट एन.वाई.इन्क अमेरिकाद्वारा आयाेजित पुरस्कार समर्पणकाे महत्त्वपूर्ण अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् काठमाडौंमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्। सापाङ्लाई नगद रू २५ हजारकाे साथमा सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको हाे।सापाङ् स्व. अर्जुनप्रसाद प्रसाईंकाे नामबाट स्थापना गरिएको लोकप्रिय युवा नेता पुरस्कारबाट सम्मानित भएका हुन् ।

सापाङ्ले नेपाली समाज तथा धराने जनताकाे लागि केही उदाहरणीय तथा विकासमूलक कार्यका लागि अग्रभागमा रहेर जनप्रतिनिधिकाे रूपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको हुदाँ उनलाई अझै अघि बढ्न हाैसला स्वरुप उत्त सम्मानबाट सम्मानित गरिएको उल्लेख गरिएको छ।

काठमाडौं प्रज्ञा प्रतिष्ठानकाे लेखनाथ कक्षमा कूलपति गंगाप्रसाद उप्रेतीकाे उदघाटनमा भएको विशेष समाराेहकाे उत्तर पुरस्कार समर्पणमा “श्री नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नालिज्म पुरस्कार २०७९” बाट मणिराम दाहाल र विश्वराज थापा (इ नेप्लिज डटकम ) लाई समेत पुरस्कारद्वारा सम्मानित गरिएकाे छ ।

Comments

सम्बन्धित खवर