•  ८ जेष्ठ २०८१, मंगलवार
  •  12:23:19 PM

बुटवलकाे होटेलमा युवा युवती मृत फेला : युवतीकाे हत्या गरी युवक आफैँले आत्महत्या गरेकाे प्रहरी आशंका

- श्रावण ३१, २०७९ मा प्रकाशित


बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटेलमा एक युवक र एक युवती मृत अवस्थामा फेलापरेका छन् । तिनाउपारी फूलबारीचोकस्थित कारीकोट होटेलको कोठामा उनीहरू मृत फेलापरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार धादिङ घर भएका अन्दाजी ३५/३६ वर्षका सीताराम भुजेल र पहिचान स्पष्ट नखुलेकी अञ्दाजी २५ वर्षीया युवती मृत फेलापरेका हुन् । भुजेल धादिङको कुमपुरका रहेको र युवतीको नाम पुष्पा भनिए पनि थर र पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तन्ना र तौलियामा रगत पोतिएको देखिएकोले भुजेलले युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी निरीक्षक घिमिरेले बताएका छन् । घटनाबारे अरू कुरा थप अनुसन्धानपछि खुल्ने उनले बताए ।

उनका अनुसार उनीहरू आइतबार राति त्यस होटेलमा बस्न पुगेका थिए । उनीहरूका शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित खवर