•  ६ जेष्ठ २०८१, आईतवार
  •  12:51:01 AM

सुन्दरहरैंचाबाट नौ किलो गाँजा सहित तिनजना पक्राउ

- असार १३, २०७९ मा प्रकाशित


इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बलियाबाट साढे नौ किलोग्राम गाँजासहित आइतबार साँझ तीन जना पक्राउ परेका छन् । लागुऔषध गाँजासहित पक्राउ पर्नेहरु सबै धनकुटाका हुन् ।

अस्थायी प्रहरी पोस्ट् बलिया र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले साँझ ५ बजेतिर उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र बाला राईलाई पक्राउ गरिएको हो । शङ्का लागेर चेकजाँच गर्दा उनीहरुले बोकेको जेब्रा झोलाबाट साढे नौ किलो गाँजा बरामद भएको डिएसपी श्रेष्ठको भनाइ छ । 

साथमा रहेको झोलामा गाँज भेटिएपछि तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले कारबाहीको प्रक्रिया अघि बढाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । 

Comments

सम्बन्धित खवर