•  ६ जेष्ठ २०८१, आईतवार
  •  2:35:05 AM

झापाबाट आफन्तको जन्मदिन मनाउन उर्लावारी आएका वृद्धको शव खेतमा भेटियो

- असार १२, २०७९ मा प्रकाशित


उर्लावारी । आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका एक जना वृद्ध पुरुषको शव आज (आइतबार) बिहान खेतमा भेटिएको छ । 

उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका ६६ वर्षीय नैनसिंह विक मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार झापाको दमक नगरपालिका–१ घर भएका विक आफन्तको जन्मदिन मनाउन दर्नालको घरमा आएका थिए । उनको शव भने उर्लाबारी–१ कै नैनबहादुर विकको घरपछाडिको खेतमा बिहान ५ः५० बजेतिर फेला परेको श्रेष्ठले बताए । शव घोप्टो परेको अवस्थामा भेटिएको र मृत्युको कारण खुल्न नसकेको उनको भनाइ छ । 

प्रहरीले हिँड्ने क्रममा चिप्लिएर लडेका कारण विकको मृत्यु भएको हुनसक्ने आशङ्का गरेको छ । शव पोस्टमार्टमका लागि उर्लाबारीकै मङ्गलबारे अस्पताल लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । 

Comments

सम्बन्धित खवर