•  ६ जेष्ठ २०८१, आईतवार
  •  10:50:05 PM

प्रदेश एककाे नाम लिम्बुवान नभए बिद्राेह गर्ने चेतावनी : पाँच वुँदे सहमति कार्यानवयन गर्न लिम्बुवानकाे माग

- असार १२, २०७९ मा प्रकाशित


झापा  । संघीय लिम्बूवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले लिम्बुवानको भावना विपरित प्रदेश १ को नामाङ्कन गरिए बिद्रोह गर्ने बताउनु भएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै लाखौं लिम्बुवानवासी जनताको आन्दोलन प्रति अघात आस्था , समपर्ण, सद्भाव एवम् ऐकेवद्धता रहेको लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरित प्रदेश १ को नामाकरण गरिए ठूलो बिद्रोह हुने अध्यक्ष पालुङ्वाले बताउनुभयो ।

लिम्बुवान स्वायत्त राज्य प्राप्तिको आन्दोलनलाई तत्कालीन नेपाल सरकारले २०६४ साल चैत ६ गते पाँच वुँदे सहमति गरी निस्तेज गरेको र आफूहरु अहिलेसम्म चुप लागेर बसेको बताउँदै अध्यक्ष पालुङ्गाले भन्नुभयो – ‘ संविधान सभाबाट लिम्बुवान स्वायत्त राज्य सुनिश्चित हुने गरी सरकारसंग हामीले ६ चैत २०६४ मा पाँच वुँदे सहमति ग¥यौ तर अहिलेसम्म सहमति कार्यन्वयन हुन सकेको छैन ।

’विगतको सहमतिलाई लत्याउँदै प्रदेश १ को नामाकरणका विषयमा राजनीतिक दल , नेता तथा सांसदहरु अघि बढे भविश्वमा महंगो मूल्य चुकाउनु पर्ने उहाँको चेतावनी छ ।मुलुकमा बढी रहेको महंगी , भ्रष्टचार, बलात्कार, वेतिथि, कुशासन, तथा अमेरिकी अरियोजना एमसीसी र एसपीपी बारे हाम्रो पार्टी कडा आलोचना गर्छ पत्रकार सम्मेलनमा अध्यक्ष पालुङ्वाले भन्नुभयो ।पत्रकार सम्मेलनमा लिम्वुवान पार्टी नेपालका वरिष्ठ नेता बीर नेम्वाङ्ले समेत धारणा राख्नु भएको थियो ।

उहाँले लिम्बुवान राज्यमा याक्खा, याम्फु, लोहरुङ, आठपहरिया, लेप्चा, कोच, धिमाल, संथाल, लगायतका गैर भौगोलिक स्वयत्तता र विशेष क्षेत्रहरु संविधानत व्यवस्था हुने बताउँदै लिम्बुवान आन्दोलनसंग जोडिएका राजनीतिक दल, सामाजिक संघ संस्था , वुद्धिजीवी,पेशाकर्मी सहित सबैलाई लिम्बुवान स्वयत्त राज्य स्थापना गर्ने आन्दोलनमा सहभागी हुन आवहान गर्नुभयो ।विगतका वर्षदेखि नै अरुण पूर्वका नौ जिल्लालाई छुट्टै लिम्बुवान राज्य प्रप्तिको माग गर्दै क्षेत्रीय पार्टीका रुपमा स्थापित संघीय लिम्बुवान पार्टी आन्दोलनरत छ ।

Comments

सम्बन्धित खवर