•  ७ जेष्ठ २०८१, सोमबार
  •  8:09:18 AM

झापा र इलाम स्थित नेपाल भारत सिमा ७२ घण्टाकालागि शिल

- असार ११, २०७९ मा प्रकाशित


झापा । झापा र इलामको नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि सिल गरिएको छ। भोलि (आइतबार) दार्जिलिङमा हुने प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) को  चुनावलाई लक्षित गरी शुक्रबार बिहानदेखि सोमबार बिहान ६ बजेसम्मका लागि दुई जिल्लाको नेपाल भारत सीमा नाका सिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

भारतीय पक्षले गरेपछि स्थानीय प्रशासनले सीमा नाका सिल गर्ने निर्णय गरेको हो।‘भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको छ,’ रिजालले भने।

Comments

सम्बन्धित खवर