•  ७ जेष्ठ २०८१, सोमबार
  •  6:32:58 AM

मेलम्चीमा बाढी आएपछि मध्यरातमा घर छोडेर भागे स्थानीय

- असार ११, २०७९ मा प्रकाशित


मेलम्ची ।  गए राति आएको बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए ।

राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए ।गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

Comments

सम्बन्धित खवर