•  ७ जेष्ठ २०८१, सोमबार
  •  6:32:51 AM

विराटनगरमा सिटि सफारी चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

- असार ८, २०७९ मा प्रकाशित


विराटनगर । विराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर बुधबार दिउँसो एक जना महिलाको मृत्यु भएको छ । 

सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा ३३ वर्षीया सुनीता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीलाई को १ ह ३०३ नम्बरको सफारी चार्जमा लगाउने क्रममा दिउँसो २ बजेतिर करेन्ट लागेको थियो । 

करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि कोसी अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि कोसी अस्पतालमै राखिएको छ । डिएसपी श्रेष्ठका अनुसार घटनाका बारेमा अनुसन्धान थालिएको छ । 

Comments

सम्बन्धित खवर