•  ६ जेष्ठ २०८१, आईतवार
  •  5:09:07 AM

झापामा वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी सहित ११ जना पक्राउ

- असार ८, २०७९ मा प्रकाशित


झापा । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चार पुरुष र सात जना महिला रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगम बहादुर कुवरले जानकारी दिए ।

बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने मागसहित लगातार चार दिनदेखि आन्दोलनरत बिर्तामोड उद्योग बाणिज्य संघ नेतृत्वको आन्दोलनमा बल प्रयोग गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

बुधबारे हटियाका व्यवसायीहरुलाई विजुलीको मिटर दिनुपर्ने मागसहितको आन्दोलन अझ चर्किदै गएको छ । उक्त मुद्धाले राजनीतिक रुप लिदाँ समस्या झन बढ्ने देखिएको हो ।

Comments

सम्बन्धित खवर