•  ६ जेष्ठ २०८१, आईतवार
  •  4:57:35 AM

सरकारी कार्यालयहरूका कार्यक्रममा नेपाली बिस्कुट प्रयोग गर्न अर्थ मन्त्रीको आग्रह

- असार ७, २०७९ मा प्रकाशित


काठमाडाैं । अर्थ मन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे तीन खर्ब रुपैयाँको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन । सोमवार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो देशमा साढे तीन खर्ब रुपैयाँको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिएको बताएका हुन ।

मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको बताए । उउनले सरकारी कार्यालयहरूका विभिन्न बैठकमा नेपाली बिस्कुट नै प्रयोग गर्न समेत आग्रह गरेका छन । उनले भने , ‘सरकारी कार्यालयहरूमा नेपाली बिस्कुट मात्रै खाने नीति बनाएका छौँ । हामी विदेशी बिस्कुट खाइरहेका हुन्छौँ, अबदेखि नेपाली बिस्कुट नै खानुपर्ने भन्ने कुरा गरिएको छ ।

अर्थ मन्त्री शर्माले पेट्रालियम पदार्थमा बढेको मूल्यवृद्धि सरकारले गरेको नभइ अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा आएको समस्या र अन्तर्राष्ट्रियस्तरमा भएका युद्धहरूको प्रभावका कारण भएको बताएका छन ।मन्त्री शर्माले साढे तीन खर्ब रुपैयाँभन्दा बढीको वार्षिक आयातलाई रोक्नका लागि पहिलो वर्षमा ३० प्रतिशत आयात रोक्ने सरकारको नीति रहेको समेत उनले बताए ।

Comments

सम्बन्धित खवर