•  ६ जेष्ठ २०८१, आईतवार
  •  4:25:30 AM

आज वर्षको सबैभन्दा लामो दिन

- असार ७, २०७९ मा प्रकाशित


इटहरी । आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन ।सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गरेको छ । आज १३ घण्टा ४५ मिनेटको दिन हुनेछ । रातिको समय १० घण्टा १५ मिनेट मात्र हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५ः०९ मा भएको छ भने सूर्यास्त ७ः०३ मा हुनेछ ।  सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुने विश्वास गरिन्छ ।

जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ ।  भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ । 

Comments

सम्बन्धित खवर