•  ६ जेष्ठ २०८१, आईतवार
  •  5:09:08 AM

चालकले मापसे गरेर चलाएको बोलेरो उदयपुरमा दुर्घटना, एक जनाको मृत्यु

- असार ७, २०७९ मा प्रकाशित


उदयपुर । चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको बोलेरो गाडी सोमबार साँझ उदयपुरमा दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । 

मदन भण्डारी लोकमार्ग हुँदै बेलटारबाट गाईघाटतर्फ आउँदै गरेको बा ९ च ३८४६ नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भएर त्रियुगा नगरपालिका–१३ भातीखर्कमा साँझ ६ः१५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बोलेरोमा सवार त्रियुगा–१३ पोर्ताहाका ५२ वर्षीय कुमार बस्नेतको मृत्यु भएको हो । 

अनियन्त्रित भएर बोलेरो भित्तामा ठोकिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालक ३७ वर्षीय इन्द्र चौधरी सकुशल रहेका छन् । गाडीको अगाडिको भागमा भने पूर्ण रूपमा क्षति पुगेको छ । 

स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको खुलेपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । मापसे र तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  

Comments

सम्बन्धित खवर