•  २१ बैशाख २०८१, शुक्रबार
  •  1:21:57 PM

तेस्रो जितसँगै नेपाल एसीसी महिला टी–२० च्याम्पिनयसिपको सेमिफाइनलमा

- असार ६, २०७९ मा प्रकाशित


इटहरी । लगातार तेस्रो जितसँगै नेपाल एसीसी महिला टी–२० च्याम्पिनयसिपको सेमिफाइनलमा पुगेको छ। सोमबार भएको खेलमा बहराईनलाई ८ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो।  १५ रनको झिनो लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै अपराजित यात्रालाई कायमै राखेको हो।

नेपालका लागि  सीता रानामगरले सर्वाधिक ४ रन बनाइन्। कविता जोशी ३ रनमा नटआउट रहिन्। नेपालले ८ रन अतिरिक्त पायो। त्यसअघि किनरारा एकेडेमी ओभलमा वर्षाको कारण ७ ओभरमा छोट्याइएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रनको योगफल तयार पारेको हो।  बहराइनका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्।  नेपालकी अस्मिना कमाचार्यले १ विकेट लिइन्। कविता कुँवर र सबनम राईले समान २ विकेट झारे।   नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो। नेपालले मंगलबार हङकङसँग खेल्नेछ।

Comments

सम्बन्धित खवर