•  २१ बैशाख २०८१, शुक्रबार
  •  3:02:41 PM

रोनाल्डोविरुद्धको बलात्कार मुद्दा खारेज

- जेष्ठ २९, २०७९ मा प्रकाशित


आरोप लगाउने वकिल चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् ।

क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन् ।

मेयोर्गाले कथित रूपमा सन् २०१० मा अदालतबाहिर यस विषयमा सम्झौतामा पुगेकी थिइन्, तर अहिले उनले प्राप्त गरेको ३ लाख ७५ हजार डलरभन्दा लाखौँ बढी खोजिरहेकी छिन् । घटना लगत्तै सम्झौता गर्न सहमत भए पनि आफ्नो भावनात्मक स्थितिले मध्यस्थता प्रक्रियामा भाग लिन अनुमति नदिएको र प्रस्ताव स्वीकार गर्न दबाब महसुस गरेको मेयोर्गाको तर्क रहेको छ ।

Comments

सम्बन्धित खवर