•  २१ बैशाख २०८१, शुक्रबार
  •  1:36:32 PM

आईसीसी पुरुष क्रिकेट : बराबरीमा टुंगियाे नेपाल र अमेरिकाबीचको खेल

- जेष्ठ २९, २०७९ मा प्रकाशित


इटहरी । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा टुंगिएको छ । मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो ।

अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए  ।


नेपालका आदील आलमले २ विकेट लिए ।  जित उन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे । अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिएको थियो । तर,आदीलले पाँच रन खर्चिदै खेल बराबरी गराए ।


खेल बराबरी भएपछि नेपाल र अमेरिकाले एक एक अंक पाएका छन् । लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Comments

सम्बन्धित खवर